उनले कोभिड–१९ को सुरुवातमा नेपालले चीनलाई सहयोग गरेको पनि सम्झिन् । नेपालले चीनमा सुरुवातमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सन् २०२० को फेब्रुअरी ७ मा एक लाख मास्क सहयोग गरेको थियो ।

राजदूत होउले नेपालको खोप अभियानमा सहयोगअन्तर्गत खरिद गरेको ४० लाख खोपमध्ये पहिलो लटको खोप नेपाल आइसकेको उल्लेख गरिन् । उनले चीनले अहिले १० वटा कोभिड–१९ खोप उत्पादन गरेको जानकारी दिइन् । त्यसमध्ये दुई ओटा खोपलाई अहिलेसम्म विश्व स्वास्थ्य संगठनले मान्यता दिएको बताइन् । नेपालमा भने अहिलेसम्म सिनोफार्मको भेरोसेल खोप ल्याइएको छ ।

नेपाल र चीनबीच खोप खरिदमा भएको ‘नन–डिस्कलोजर अग्रिमेन्ट’ माथि सोधिएको प्रश्नमा होउले भनिन्,‘हामीले खोप सहकार्यअन्तर्गत विश्वका १०० मुलुकहरुलाई सहयोग गर्दै आइरहेका छौं । सबै मुलुकहरुसँग यही अन्तर्राष्ट्रिय प्रक्रियाअनुसार काम भइरहेको छ । चीन र नेपालबीचको खोप सहकार्यअनुसार खोप ल्याइएको हो ।’

राजदूत होउले नेपालतर्फको उत्तरी दुई नाकाहरु तातोपानी र रसुवागढीको भन्सार नाकाका समस्याहरु राजनीतिक नभएर प्राविधिक भएको बताइन् । उनले सिन्ज्याङ प्रदेश ९तिब्बत क्षेत्र० को भूबनोट र त्यहाँ हुने अक्सिजनको समस्याका कारण पनि नाकामा कडाइ रहेको उल्लेख गरिन् । उनले तातोपानीमा दैनिक १० वटा ट्रक आउने गरेको र रसुवागढीमा नेपाली क्षेत्रमा कम स्थान भएको कारणले गर्दा आयातमा केही समस्या भएको जानकारी आएको बताइन् । ‘तर यी समस्यालाई समाधान गरेर अघि बढ्नका लागि दुवै पक्षबाट प्रयासहरु भइरहेका छन्,’ उनले भनिन्,‘यो समस्या कोरोनाको कारणले हो, यो सकिएपछि फेरि पूर्ण रुपमा काम हुन्छ ।’

उनले विश्वका विकासोन्मुख मुलुकहरुमा खोप सहयोग गरेर जनताको जीवनरक्षा गर्ने र मुलुकको अर्थतन्त्रलाई उकास्नका लागि सहयोग गर्ने पनि बताइन् ।

" /> समाज Archives - Page 369 of 659 - Sarbocha Media

समाज

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए