असार ७ गते बिहान नेपालका ८ जना र १० बंगलादेशी नागरिक सवार डुँगा कोलम्बियाको समुद्रमा दुर्घटनामा परेको थियो। त्यसमध्ये एक नेपाली र पाँच बंगाली नागरिक पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए।
डुंगा दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका(१२ का २८ वर्षीय हेमराज अधिकारी, बबई गाउँपालिका(५ का २७ वर्षीय रेशम बैंगा मगर र घोराही उपमहानगरपालिका(१२ का २१ वर्षीय एन्जल बुढा मगर बेपत्ता रहेको भनेर आफन्तले प्रहरीमा जाहेरी दिएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन्।
जसमध्ये घोराहीका बुढाको परिवारले उनको मृत्यु कर्मसमेत गरिसकेको छ। आफन्त गुमाएका अन्य परिवार भने अन्यौलमा छन्। उनीहरूले अमेरिका पठाउने एजेन्टलाई हालसम्म २७ देखि ३५ लाखसम्म रकम बुझाएको बताएका छन्।
दुर्घटनामा परी पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा अझै बेपत्ता छन्।
दाङ, पर्वत, म्याग्दी र स्याङ्जाका युवालाई संगठित मानव तस्करहरूले चोर बाटोमार्फत अमेरिका प्रवेश गराउन खोज्दा डुंगा दुर्घटनामा परेको थियो।
मानव बेचबिखन तथा अनुसन्धान ब्युरोकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दुर्गा सिंहले काठमाडौं ल्याएर उनीमाथि थप अनुसन्धान गरिने बताइन्।
‘हामीले उहाँलाई पुर्जी नै जारी गरेर पक्राउ गरेका छौं। उहाँलाई काठमाडौं ल्याइँदैछ। हाम्रो टोली पनि गएको छ,ु सिंहले भनिन्,ुउहाँलाई पनि त्यही घटनासँग सम्बन्धित भएर हामीले नियन्त्रणमा लिएका हौं। यहाँ ल्याएर हामीले अनुसन्धान गर्छौं। विस्तृत अनुसन्धानपछि उहाँ एजेन्टकै श्रीमतीमात्रै हो वा एजेन्ट नै हो भन्ने थाहा हुन्छ। अरू अनुसन्धानपछि खुल्ला।ु
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए