आइएमइआई युनिक आइडेन्टिफाइड कोड हो । जसले हरेक मोबाइल डिभाइसलाई सरकारी सिस्टममा समेट्ने काम गर्छ । प्राधिकरणका उपनिर्देशक एवं उपकरण स्तरीकरण शाखाका प्रमुख दिनेश मैनालीका अनुसार साउनदेखि आइएमइआई दर्ता नगरेका मोबाइलहरु चरणबद्ध रुपमा बन्द गर्दै लैजाने नीति लिइएको छ ।
नेपालमै मोबाइल पसलबाट भ्याट तिरेर किनेको मोबाइलमा आइएमइआई पहिले नै दर्ता भएको हुन्छ । विदेशबाट ल्याएको मोबाइलमा आइएमइआई दर्ता गरेको हुदैन त्यसैले यस्ता फोनमा यो सिस्टम जोड्न आग्रह गरेको छ । आफ्नो मोबाइलको आइएमइआई दर्ता गरेरनगरेको थाहा पाउन ८३ण्ट३ डायल गरेर पनि हेर्न सकिन्छ ।
अहिले आइएमइआई दर्ता गर्न शुल्क लाग्दैन । तर एमडिएमएस बाइ ल तयार पारेको छ । जसले निश्चित शुल्क तोक्ने तयारी गरेपनि अहिले तोकिसकेको छैन ।
के फाइदा हुन्छ आइएमइआई दर्तापछि
मैनालीका अनुसार आइएमइआई दर्ता गरेपछि त्यो मोबाइल नेपाल दूरसञ्चार प्राधिकरणको सिस्टममा जोडिन्छ । यो सिस्टममा जोडिएपछि एकातर्फ भन्सार नतिरी ल्याइएका मोबाइललाई नियन्त्रण गर्न सजिलो हुन्छ भने प्रयोगकर्ताको कुनै बेला मोबाइल हरायो भने त्यो आइएमइआई नम्बरको मोबाइलमा कुन नम्बर जडान गरिएको छ ? त्यसको आधारमा हराएको मोबाइल पत्ता लगाउन पनि सकिन्छ ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए