advertisement

तीमध्ये पहिला कोरोनाभाइरस सङ्क्रमण देखिएका व्यक्तिहरू पनि छन्। उनीहरूले नयाँ परीक्षणमा ९६ प्रतिशत संवदेनशीलता (सेन्सटिभिटी) र ९८ प्रतिशत विशेषता (स्पेसफसटी) फेला पारेका छन्।

" /> भारतमा गर्भ जाँचे जसरी कोरोनाभाइरस परीक्षण गर्ने सस्तो र विश्वसनीय प्रविधिको विकास - Sarbocha Media

भारतमा गर्भ जाँचे जसरी कोरोनाभाइरस परीक्षण गर्ने सस्तो र विश्वसनीय प्रविधिको विकास

`

     २०७७ आश्विन २० गते ६:४४

एजेन्सी, २० असोज । कोरोनाभाइरस परीक्षणका लागि गर्भ जाँच्न प्रयोग गरिने विधिले जस्तै तत्काल परिणाम दिन सक्ने सस्तो प्रविधिको विकास भएको छ।

भारतमा वैज्ञानिकहरूको एउटा समूहले विकास गरेको फेलुदा नामको उक्त उपकरणले एक घण्टाभित्र परिणाम दिने र खर्च ५०० भारतीय रुपैयाँ पर्ने अनुमान गरेका छन्।

फेलुदाको उत्पादन भारतको अगुवा कम्पनी टाटाले गर्नेछ र कोभिड १९ को परीक्षणको निम्ति कागजमा आधारित विश्वकै पहिलो परीक्षण विधि बजारमा उपलब्ध हुने जनाइएको छ ।

भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार प्राध्यापक के विजय राघवनले बीबीसीसँग भने, ‘यो सजिलो, विश्वसनीय, पहुँचयुक्त र मितव्ययी परीक्षण हो।’

फेलुदाको विकास गरिएको दिल्लीस्थित सीएसआईआरअन्तर्गत रहेको इन्स्टिट्यूट अफ जीनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजी (आईजीआईबी) अनुसन्धानकर्ताहरू र निजी प्रयोगशालाहरूले करिब २,००० बिरामीबाट सङ्कलित नमुना परीक्षण गरेका छन्।

advertisement

तीमध्ये पहिला कोरोनाभाइरस सङ्क्रमण देखिएका व्यक्तिहरू पनि छन्। उनीहरूले नयाँ परीक्षणमा ९६ प्रतिशत संवदेनशीलता (सेन्सटिभिटी) र ९८ प्रतिशत विशेषता (स्पेसफसटी) फेला पारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?