पुनले कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा विभिन्न २२ नयाँ आविष्कार गरी सकिएको बताए। ५० जनाभन्दा बढी युवाहरू अहिले केन्द्रमा नयाँ आविष्कार तथा खोज, अनुसन्धानमा लागिपरेका छन्।
पुनले भने, ‘दिनहुँ जसो नयाँ(नयाँ खोज र आविष्कार गर्नुपर्यो भन्ने आइडिया आउँछ, धेरै विषयमा नयाँ अध्ययन भइराखेको छ।’
यस्तो देशको मुहार फेर्नमा रातदिन तल्लिन केन्द्रलाई सरकारी सहयोग भने न्यून छ। पुनका अनुसार उनको आविष्कार केन्द्रलाई अहिले दुई करोड रुपैयाँ चाहिएको छ।
पुनको अनुसार विभिन्न चिज उत्पादन गर्न कारखाना बनाउनुपर्नेछ । ‘कारखाना बनाउन पाँच करोड रूपैयाँजति लाग्छ। हामीसँग पनि अलिकति पैसा छ त्यही भएर दुई करोडजति आवश्यक छ,’ पुनको भनाई थियो ।
पुनले यही कारखाना बनाउन आवश्यक पर्ने पैसा सस्तो ब्याजमा ऋण खोजेका छन्। साथै विभिन्न समयमा उनले पाएका राष्ट्रियरअन्तर्राष्ट्रिय पदक पनि विक्रीका लागि राखेका छन्।
यो काममा आविष्कार केन्द्र सफल भयो भने विदेशबाट पेट्रोलियम पदार्थ खरिद गर्न नपर्ने र पैसा बच्ने छ पुन भन्छन् ।
पुनको लक्ष्य विदेशबाट तेल ल्याउनुको सट्टा यहाँ उत्पादन भएको बिजुली यहीँ खपत गरी विदेश जाने पैसा बचाउनु हो ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए