advertisement

पहिलो कार्यक्रम ताप्लेजुङको घुन्सामा निर्माण भएको स्वास्थ्य चैकी उद्घाटन गर्ने थियो । तर मौसममा खराबी आएपछि प्रधामन्त्री ओली सन्दकपुर पुग्न पाएनन् । प्रधानमन्त्री ओली मौसम खराबीका कारण घुन्साबाट विराटनगर हुँदै काठमाडौं फर्किएका छन् ।

एक्कासी मौसममा खराबी आएपछि इलामको कार्यक्रम स्थगित भएको इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले जानकारी दिए ।

घुन्साबाट प्रधानमन्त्री ओली सवार नेपाली सेनाको हेलिकप्टर विराटनगर आएको थियो । विराटनगर विमानस्थलमा इन्धन भरेर हेलिकप्टर काठमाडौं फर्किएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

विराटनगर विमानस्थलमा हेलिकप्टर रोकिएपनि प्रधानमन्त्री हेलिकप्टरबाट ओर्लिएनन् । उनीसँगै रहेका नेकपा संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङ, पर्यटन मन्त्री योगेश भट्टराई भने हेलिकप्टरबाट उत्रिएर केही समय भीआईपी कक्षमा बसेर फर्किएका थिए ।

इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंका अनुसार प्रधानमन्त्री नआएपनि इलामको सन्दकपुरमा स्थापना भएको बोर्डर आउट पोष्ट (बीओपी) को उद्घाटन गरिएको छ ।

सोमबार प्रधानमन्त्री ओलीले उद्घाटन र निरीक्षण गर्ने कार्यक्रम थियो । तर प्रधानमत्री नआएपछि ओलीको स्वागत गर्न पुगेका प्रदेशका १ भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमत्री रामबहादुर मगरले बीओपीको उद्घाटन गरेका हुन् ।

उनले भने, मौसम खराबीका कारण प्रधानमन्त्री सवार हेलिकप्टर यहाँ आएन, राज्यमन्त्रीको उपस्थितिमा बीओपीको उद्घाटन गर्यौं प्रधानमन्त्रीबाट निरीक्षण हुन पाएन ।

" /> राजनीति Archives - Page 536 of 585 - Sarbocha Media

राजनीति

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए