जिल्लासँगै प्रदेश र केन्द्रीय निकायहरू पनि बनाउने बताएका उनले आयोगमा कानुनी विषय भएकाले छुट्टै केन्द्रीय कमिटी भने नबनाउने उनले प्रस्ट पारे ।
बिहीबार कास्की जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै उनले भने, ‘देशव्यापी सङ्गठन बनाउने अभियानमा हिँडेका छौँ ।’ ‘भोलि गाउँपालिकाको चुनाव भयो भने हामी दिन्छौँ टिकट । प्रदेशसभाको सदस्य बनाउन हामी चयन गर्छौ, उम्मेदवार । राष्ट्रियसभा र प्रतिनिधिसभाको चुनावको टिकट पनि हामी दिन्छौँ,’ उनले अघि भने, ‘घोषणा गरुन् त चुनाव, हामी अरूसँग सिटको तालमेल गर्छौँ, सबैलाई मिलाएर लान्छौँ ।’
यसका लागि मोहन वैद्यदेखि मोहनविक्रम सिंहसम्म सबैसँग कुराकानी भएको उनले बताए ।
८ लाखमध्ये ६ लाख कार्यकर्ता आफूहरूसँग रहेको भन्दै उनले भने, ‘हिम्मत छ भने कारबाही गरे हुन्छ ।’
यद्यपि २८ फागुनका निर्णय फिर्ता लिन र २ जेठ २०७५ मा फर्किने हो भने सबै बिर्सिन तयार रहेको उनले बताए ।
केपी ओली पनि सुध्रिउन् भनिरहेको भन्दै उनले भने, ‘केपी ओली तयार छन् रु छैनन् किनभने प्रधानमन्त्री पद जान्छ कि भने चिन्ता छ, अध्यक्ष पद जान्छ कि भन्ने चिन्ता छ ।’
" />
राजनीति Archives - Page 467 of 585 - Sarbocha Media
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए