काठमाडौं, २९ वैशाख । नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमित फेला भएको छ । यो संगै नेपालमा १२० जना कोरोणा संक्रमित पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं.५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् ।

संक्रमितहरु १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् । उनीहरुको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।




