advertisement

अमेरिकामा आइतबार काेराेनाका कारण १ हजार १५३ को मृत्यु भएकाे थियाे भने साेमबार १ हजार ३२४ जनाकाे मृत्यु भएकाे थियाे । तर फेरि मंगलबार, बुधबार र बिहीबार दैनिक मृत्युसंख्या दाेब्बरले बढेकाे देखिएकाे छ ।

कुल संक्रमितमध्ये २ लाख १७ हजार २५० जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी ९ लाख ९८ हजारभन्दा धेरै संक्रमित हाल उपचाररत छन्, जसमध्ये १५.६ हजार ९९५ सयभन्दा बढी केस जटिल अवस्थाका रहेको जनाइएको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा भएकाे छ । अहिलेसम्म न्यूयोर्कमा ३ लाख ३७ हजार ४२१ जना संक्रमित भएका छन् भने २६ हजार ३ सय ६५ जनाकाे मृत्यु भइसकेकाे छ ।बिहीबार मात्र त्यहाँ ३ हजार ९ सय ३० जना नयाँ संक्रमित भेटिएका छन् भने ४ सय ९ जनाकाे मृत्यु भएकाे छ ।

अर्को बढी प्रभावित राज्य न्यूजर्सीमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ८३४ पुगेको छ । त्यहाँ एकैदिनमा बिहीबार मात्र २६२ को मृत्यु भएकाे छ भने २ हजार ४७ नयाँ संक्रमित थपिएका छन् । याे सँगै न्यूजर्सीमा काेराेना संक्रमितकाे संख्या १ लाख ३५ हजार पुगेकाे छ ।

" /> काेराेना भाइरस : न्यूयोर्कमा मात्रै २६ हजार ३ सय बढीकाे मृत्यु, ३ लाख ३७ हजार संक्रमित - Sarbocha Media

काेराेना भाइरस : न्यूयोर्कमा मात्रै २६ हजार ३ सय बढीकाे मृत्यु, ३ लाख ३७ हजार संक्रमित

`

     २०७७ वैशाख २६ गते १:४९

काठमाडौं, २६ वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमा उल्लेख्य कमी आउन सकेको छैन । बिहाबार मात्रै अमेरिकामा २९ हजार ५३१ जना काेराेना संक्रमित भेटिएकाे वर्ल्डो मिटर्स डट इन्फोले जनाएकाे छ ।

याेसँगै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १२ लाख ९२ हजार ६२३ पुगेकाे छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाबाट मृत्यु हुनेकाे संख्या ७६ हजार ९ सय २८ पुगेकाे छ । जसमा २ हजार १ सय २९ जनाकाे भने पछिल्लाे २४ घण्टामा मात्रै भएकाे छ ।

बिहीबार बिहानसम्म अमेरिकामा काेराेना संक्रमितकाे संख्या १२ लाख ६३ हजार थियाे भने मृत्यु हुनेकाे संख्या ७४ हजार ७ सय ९९ पुगेकाे थियाे ।

अमेरिकामा कोरोना भाइरसको संक्रमण र मृत्युका केसहरूमा दैनिक उतारचढाव आइरहेकाे छ । केही दिन मृत्यु संख्या स्वाट्टै घट्ने र फेरि केही दिनमै ह्वात्तै बढ्ने भइरहेकाे छ । साेमबार र आइतबार भने याे संख्या घटेर निकै तल आएकाे थियाे । मंगलबारदेखि फेरी ह्वात्तै बढेकाे छ ।

advertisement

अमेरिकामा आइतबार काेराेनाका कारण १ हजार १५३ को मृत्यु भएकाे थियाे भने साेमबार १ हजार ३२४ जनाकाे मृत्यु भएकाे थियाे । तर फेरि मंगलबार, बुधबार र बिहीबार दैनिक मृत्युसंख्या दाेब्बरले बढेकाे देखिएकाे छ ।

कुल संक्रमितमध्ये २ लाख १७ हजार २५० जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी ९ लाख ९८ हजारभन्दा धेरै संक्रमित हाल उपचाररत छन्, जसमध्ये १५.६ हजार ९९५ सयभन्दा बढी केस जटिल अवस्थाका रहेको जनाइएको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा भएकाे छ । अहिलेसम्म न्यूयोर्कमा ३ लाख ३७ हजार ४२१ जना संक्रमित भएका छन् भने २६ हजार ३ सय ६५ जनाकाे मृत्यु भइसकेकाे छ ।बिहीबार मात्र त्यहाँ ३ हजार ९ सय ३० जना नयाँ संक्रमित भेटिएका छन् भने ४ सय ९ जनाकाे मृत्यु भएकाे छ ।

अर्को बढी प्रभावित राज्य न्यूजर्सीमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ८३४ पुगेको छ । त्यहाँ एकैदिनमा बिहीबार मात्र २६२ को मृत्यु भएकाे छ भने २ हजार ४७ नयाँ संक्रमित थपिएका छन् । याे सँगै न्यूजर्सीमा काेराेना संक्रमितकाे संख्या १ लाख ३५ हजार पुगेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?