advertisement

अधिकारीहरूले दुर्घटनाको कारण थाहा नभएको र अनुसन्धान भइरहेको बताएका छन्। ग्यास फैलिएपछि स्थानीय बासिन्दा आत्तिँदै घर बाहिर भागदौड गरेका थिए।

" /> भारतमा ग्यास चुहावटबाट कम्तीमा आठको मृत्यु, सयौँ बिरामी - Sarbocha Media

भारतमा ग्यास चुहावटबाट कम्तीमा आठको मृत्यु, सयौँ बिरामी

`

     २०७७ वैशाख २५ गते ७:०५

एजेन्सी, २५ वैशाख । भारतको आन्ध्र प्रदेशको विशाखापटनममा एउटा रासायनिक उद्योगमा ग्यास चुहिँदा आठ जनाको ज्यान गएको छ भने सयौँ अरू बिरामी भएका छन्।

ग्यासमा परी बिरामी भएका ुसयौँु मानिसहरूलाई अस्पताल लगिएको जनाइएको छ । ग्यासमा परकाहरुको आँखा पोलेको र सास फेर्न गाह्रो भएको बताइएको छ । स्थानीय समय अनुसार बिहान ३ बजे पोलिमर फ्याक्ट्रीमा दुर्घटना भएको थियो।

८० जनाभन्दा बढीलाई भेन्टीलेटरमा राखिएको बीबीसीमा खबर छ। कोरोनाभाइरस रोकथामका लागि लगाइएको लकडाउनका कारण २४ मार्चपछि पहिलो पटक यो उद्योग खोलिएको हो ।

advertisement

अधिकारीहरूले दुर्घटनाको कारण थाहा नभएको र अनुसन्धान भइरहेको बताएका छन्। ग्यास फैलिएपछि स्थानीय बासिन्दा आत्तिँदै घर बाहिर भागदौड गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?