काठमाडैं, २२ वैशाख । बेला बेला चर्चामा आइरहने इटहरीका मेयर द्वारिकालला चौधरी फेरि चर्चामा आएका छन् । मेयर चौधरीले ‘जनता भाेकले मरे भने प्रधानमन्त्रीलाई हत्कडी लगाउनु पर्छ’ भनेपछि उनी फेरि चर्चामा आएका हुन् ।
समाजिक सञ्जालमा सार्वजनिक भिडियाेमा ‘जनता भाेकले मरे भने हत्कडी प्रधानमन्त्रीलाई लगाउनुपर्छ, हत्कडी आपूर्ती मन्त्रीलाई लगानुपर्ने संविधानले व्यवस्था गरेकाे छ भनेर बताएका छन् ।
भाेका जनताले मुद्दा हाले भने सरकारलाई मुद्दा लाग्ने बताए । ‘काेराेना भाइरसले मेरेकाे रहेछ भने त ठिकै छ, करेन्ट लागेर मेरकाे छ भने पनि ठिकै छ, पानीमा डुबेर मेरकाे छ भने पनि ठिकै छ, दुर्घटना भएर मरेकाे छ भने पनि ठिकै छ,’ उनले भनेका छन्, ‘तर खान नपाएर मेरकाे छ भने हत्कडी प्रधानमन्त्रीलाई लगाउनुपर्छ, हत्कडी आपूर्ती मन्त्रीलाई लगाउनुपर्छ ।’

उनले खान नपाएर जनता समस्यामा परेको भन्दै उनले भनेका छन्- ‘यो पञ्चायको जनता हाेइन, बहुदलियकालकाे पनि हाेइन, यो संघिय गणतान्त्रिको जनता हो, सरकार तिमीले लकडाउ गर्याैँ, राेजिराेटि पनि दएनाैं, खान त देउ ।’ खान नपाएर सर्वसाधरणहरुलाई समस्या हुन नदिन अहिले लाग्नु पर्ने उनले बताएका छन् ।
संघिय सरकारबाट स्थानीय सरकारलाई विकासको बजेट मात्र भएको उनकाे गुनासाे छ । प्रदेश सरकार र संघिय सरकारले स्थानीय सरकारलाई आवश्यक सहयोग समेत नगरेको उनको गुनासो छ । अहिले र्यापिड टेष्ट गर्ने किटहरु समेत नहुँदा क्यारेन्टइनमा राखेकाहरुलाई आवश्यक स्वास्थ्य परिक्षणको गर्न समस्या भएको उनले बताए ।
सुनसरीमा चामल, दालको समस्या नभएको र विपतको बेला सबैले सहयोग गर्नुपर्ने उनले बताए । आवश्यक खाद्यन्न आफू जवानी बसेर लिएको उनको भनाई छ । केहि समय अगाडि उनले इटहरीमा ६ महिना खाने खाद्यन्न भएको र इटहरीको जनता भोकले नमर्ने बताएका थिए ।
भिडियाे हेर्नुहाेस्
भोकले जनता मरेभने प्रधानमन्त्रीलाई हत्कडी लगाउनु पर्छ : इटहरीका मेयर द्धारिकलाल चौधरी www.dainiknewsnepal.com
Gepostet von Dainik News Nepal am Montag, 4. Mai 2020




