काठमाडौँ । नेता भीम रावलका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले नक्सामा भूमि देखाउनु ठुलो होइन, विवाद समाधान गर्नु ठुलो हो भनेर कालापानीको मुद्दा कमजोर बनाएको बताएका छन् ।
नेता रावलका अनुसार, मन्त्री अर्यालको अभिव्यक्ति घुमाउरो छ, स्पष्ट छैन । अन्य समिति बैठकमा समेत धेरै पटक प्रश्न गर्दा स्पष्ट जवाफ नआएको उनको भनाइ छ । रावलले भने, ‘उहाँले बारम्बार नक्सामा आफ्नो भूमि देखाउने कुरा ठुलो होइन विवाद समाधान गर्ने कुरा ठुलो हो भन्नुहुन्छ । … नक्सामा आफ्नो भूभाग देखाउने कुरा ठुलो होइन भने हटाइदिने?’
सन्धि सम्झौताहरूले समेत नेपाली भूमि हो भनेर देखाएपछि नक्सा जारी गर्न के गाह्रो भन्दै नेता रावलले प्रश्न गरे । नयाँ नक्सा जारी गरी तत्काल लागू गर्न पनि नेता रावलले माग गरे ।
मन्त्री अर्यालले भने कालापानी क्षेत्रमा नाप नक्सा गर्न गएको नापी विभागको टोलीलाई भारतले रोकेको बताएकी छन् ।
अर्यालले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा यस्तो बताएकी हुन् । नाप नक्साको काम भारतले रोक लगाएसँगै स्थगित भएको छ ।
अर्यालको अनुसार कूटनीतिक तहबाट कुरा गरी समाधान निस्केपछि काम अघि बढ्नेछ । अहिलेसम्मको कुनै पनि नेपाली नक्सामा लिम्पियाधुरा नसमेटिएको मन्त्री अर्यालले बताएकी छन् । कालापानी र लिपुलेक नेपाली नक्सामा अहिले पनि रहेको र लिम्पियाधुरा सहित नक्सा अहिलेसम्म प्रकाशनमा नआएको उनको भनाइ रहेको छ ।
राज्यको जिम्मेवार अङ्ग यो वा त्यो वाहानामा नलागी कालापानीको मामलामा पूर्ण जिम्मेवारीका साथ स्पष्ट समाधान निस्कने गरी तत्काल अघि बढ्नुको विकल्प छैन ।
यो पनि पढ्नुहोस्ः
कालापानी मुद्दाबारे श्याम शरण र मधुरमण बिच जुहारी
३७२ वर्ग किलोमिटर नेपाली भू–भाग अब भारतको नक्सामा




