advertisement

स्थानीय सरकारले भनेजति नुन खरिद गर्न खोजे पनि साल्ट ट्रेडिङ कम्पनी जाजरकोटले स्थानीय सरकारलाई मागअनुसारको नुन उपलव्ध गराएको छैन ।

" /> नुनको मूल्य थामिनसक्नु, प्रतिकिलो नुनको मूल्य ६० - Sarbocha Media

नुनको मूल्य थामिनसक्नु, प्रतिकिलो नुनको मूल्य ६०

`

     २०७७ वैशाख २० गते ७:३६

जाजरकोट, २० वैशाख । जाजरकोटको बारेकोट गाउँपालिकामा नुनको मूल्य प्रतिकेजी रु ६० विक्री भएको पाइएको छ ।

अनुदानमा पाइने नुन थामिनसक्नुको मूल्यमा विक्री गरेको पाइएको जनाइएको छ । लकडाउनले गर्दा त्यहाँ सडक पुगे पनि यातायातका साधन चल्न दिइएको छैन । यातायातको रूपमा रहेको गतिलो माध्यम घोडा, खच्चड भने निर्वाध चलिरहेका छन् ।

कुशे गाउँपालिकाको पाँचकाटिया हुँदै बारेकोट र नलगाड नगरपालिकाको कालिमाटी हुँदै बारेकोट दुवै ठाउँबाट खच्चड निर्वाधरूपमा चलिरहेका छन् । अहिले त्यही खच्चडमा ल्याएको स्थानीय बजारमा पाइने खाद्यान्नदेखि आयोडिनयुक्त नुनको मूल्य छोइनसक्नु भएको स्थानीयवासी बताउँछन् ।

बारेकोट गाउँपालिकाले सदरमुकामस्थित साल्ट ट्रेडिङ कम्पनी लिमिटेडकोे डिपोबाट २०० क्विन्टलभन्दा बढी नुन खरिदका लागि चिठी पठाए पनि मुस्किलले १०० क्विन्टल मात्र पाएको छ ।

advertisement

स्थानीय सरकारले भनेजति नुन खरिद गर्न खोजे पनि साल्ट ट्रेडिङ कम्पनी जाजरकोटले स्थानीय सरकारलाई मागअनुसारको नुन उपलव्ध गराएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?