advertisement

यसैबीच बेल्जियममा पनि ज्यान गुमाउनेको ७ हजार ९४ पुगेको छ, भने संक्रमितको संख्या ४६ हजार ११३ पुगेको छ, भने १० हजार ७८५ जना निको भइसकेका छन् ।

त्यस्तै, जर्मनीमा पनि ज्यान गुमाउनेका संख्या ५ हजार ९७६ पुगेको छ । १ लाख ५७ हजार ७ सय ७० संक्रमितको संख्या पुगेको छ, यसैबीच १ लाख १२ हजार निको भइसकेका छन् ।

त्यस्तै चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । हालसम्म १६ जना निको भइसकेका छन्, भने बाँकी ३६ जना उपचाररत छन् ।

" /> विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार ९ सय ८८, संक्रमित २९ लाख ९४ हजार ६७७ - Sarbocha Media

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार ९ सय ८८, संक्रमित २९ लाख ९४ हजार ६७७

`

     २०७७ वैशाख १५ गते १:४८

काठमाडौं, १४ वैशाख । विश्वभर महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार ९ सय ८८पुगेको छ ।

वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २९ लाख ९४ हजार ६७७ पुगिसकेको छ, भने ८ लाख ७८ हजार ७०७ जना निको भइसकेका छन् ।

यसैबीच, १० लाख ८५ हजार ६९६ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन्, भने १९ लाख ८ हजार ९८२ वटा केसहरु एक्टिभ छन् ।

यो समाचार तयार गर्दासम्म संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ५५ हजार ४ सय १३ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ९ लाख ८७ हजार १६० पुगेको छ । जसमध्ये १ लाख १८ हजार ७ सय ८७ जना निको भइसकेका छन् ।

यसैबीच, इटालीमा ज्यान गुमाउनेको संख्या २६ हजार ४४४ पुगिसकेको छ, भने संक्रमितको संख्या १ लाख ९७ हजार ६ सय ७५ पुगेको छ । यसैबीच निको हुनेको संख्या ६४ हजार ९२८ पुगेको छ ।

कोरोना संक्रमणका कारण स्पेनमा २ लाख २६ हजार ६२९ जना कुल सङ्क्रमित भएका छन् भने, २३ हजार १ सय ९० को ज्यान गएको छ । निको भएर फर्कनेहरुको संख्या १ लाख १७ हजार ७ सय २७ पुगेको छ ।

फ्रान्समा १ लाख ६२ हजार १०० जना कुल सङ्क्रमित भएका छन् भने, २२ हजार ८ सय ५६ को ज्यान गएको छ । यसैबीच ४४ हजार ९०३ निको भएर फर्किइएका छन् ।

यूकेमा पनि ज्यान गुमाउनेको संख्या २० हजार ७ सय ३२ पुगेको छ, भने १ लाख ५२ हजार ८४० जना संक्रमित छन् । इरानमा पनि ज्यान गुमाउनेको संख्या ५ हजार ७ सय १० पुगेको छ । ९० हजार ४८१ जना संक्रमितको संख्या पुगेको छ, जसमध्ये पनि ६९ हजार ६ सय ५७ जना निको भइसकेका छन् ।

advertisement

यसैबीच बेल्जियममा पनि ज्यान गुमाउनेको ७ हजार ९४ पुगेको छ, भने संक्रमितको संख्या ४६ हजार ११३ पुगेको छ, भने १० हजार ७८५ जना निको भइसकेका छन् ।

त्यस्तै, जर्मनीमा पनि ज्यान गुमाउनेका संख्या ५ हजार ९७६ पुगेको छ । १ लाख ५७ हजार ७ सय ७० संक्रमितको संख्या पुगेको छ, यसैबीच १ लाख १२ हजार निको भइसकेका छन् ।

त्यस्तै चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । हालसम्म १६ जना निको भइसकेका छन्, भने बाँकी ३६ जना उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?