वीरगञ्ज, १४ वैशाख। वीरगञ्जमा कोरोना भाइरसको संक्रमणको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएको एक युवतीको ज्यान गएको छ ।
वीरगञ्ज– १० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको ज्यान गएको जनाइएको छ । हाल उनको शव नारायणी अस्पतालमा राखिएको छ ।
युवतीमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको बताइएको छ ।

उनलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै ज्यान गएको नारायणी अस्पतालले जनाएको छ । उनी ब्लड क्यान्सरको बिरामी पनि हुन् ।




