काठमाडौं, १४ वैशाख । विश्वभर महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३ हजार २ सय ८९ पुगेको छ ।
वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २९ लाख २१ हजार ४३९ पुगिसकेको छ, भने ८ लाख ३६ हजार ९७८ जना निको भइसकेका छन् ।
यसैबीच, १० लाख ४० हजार २६७ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन्, भने १८ लाख ८१ हजार १७२ वटा केसहरु एक्टिभ छन् ।
यो समाचार तयार गर्दासम्म संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ५४ हजार २ सय ६५ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ९ लाख ६० हजार ८९६ पुगेको छ । जसमध्ये १ लाख १८ हजार १ सय ६२ जना निको भइसकेका छन् ।
यसैबीच, इटालीमा ज्यान गुमाउनेको संख्या २६ हजार ३८४ पुगिसकेको छ, भने संक्रमितको संख्या १ लाख ९५ हजार १ सय ५१ पुगेको छ । यसैबीच निको हुनेको संख्या ६० हजार ४९८ पुगेको छ ।
कोरोना संक्रमणका कारण स्पेनमा २ लाख २३ हजार ७५९ जना कुल सङ्क्रमित भएका छन् भने, २२ हजार ९ सय २ को ज्यान गएको छ । निको भएर फर्कनेहरुको संख्या ९२ हजार ३ सय ५५ पुगेको छ ।
फ्रान्समा १ लाख ६१ हजार ४८८ जना कुल सङ्क्रमित भएका छन् भने, २२ हजार ४ सय ६४ को ज्यान गएको छ । यसैबीच ४४ हजार ५९४ निको भएर फर्किइएका छन् ।
यूकेमा पनि ज्यान गुमाउनेको संख्या २० हजार ३ सय १९ पुगेको छ, भने १ लाख ४८ हजार ३७७ जना संक्रमित छन् । इरानमा पनि ज्यान गुमाउनेको संख्या ५ हजार ५ सय ७४ पुगेको छ । ८८ हजार १९४ जना संक्रमितको संख्या पुगेको छ, जसमध्ये पनि ६६ हजार ५ सय ९९ जना निको भइसकेका छन् ।
यसैबीच बेल्जियममा पनि ज्यान गुमाउनेको ६ हजार ९ सय १७ पुगेको छ, भने संक्रमितको संख्या ४५ हजार ३२५ पुगेको छ, भने १० हजार ४१७ जना निको भइसकेका छन् ।

त्यस्तै, जर्मनीमा पनि ज्यान गुमाउनेका संख्या ५ हजार ८७७ पुगेको छ । १ लाख ५६ हजार ५ सय १३ संक्रमितको संख्या पुगेको छ, यसैबीच १ लाख ९ हजार ८१३ निको भइसकेका छन् ।
त्यस्तै चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् ।
नेपालमा पनि कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । हालसम्म १२ जना निको भइसकेका छन्, भने बाँकी ३७ जना उपचाररत छन् ।




