काठमाडौं, वैशाख १४ । नेपालमा कोरानो रोकथाममा भएको कार्यहरु प्रभावकारी रुपमा अगाडि बढेको छ ।
शनिबार बसेको उच्च स्तरीय समितिको २१ औं बैठकले कोरोना रोकथाममा भैरहेका कार्यहरुलाई निरन्तरता दिने बिषयमा आजको मन्त्री परिषद्को बैठकमा छलफल गर्न केही प्रस्ताव समेत पेश गर्ने निर्णय गरेको छ ।
२१ औं बैठकबाट आगामी मे सम्म आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान रद्ध गर्ने प्रस्ताव आजको मन्त्री परिषद्को बैठकमा पेश हुने हिजो बसेको समितिको बैठकले जनाएको छ ।
अप्रिल ३० सम्म रोकिएको हवाइ उडानलाई मे १५ अर्थात जेठ २ गतेसम्म पु¥याउने प्रस्ताव लाने निर्णय भएको समितिको बैठकको निर्णय गरेको छ ।

शनिबार प्रधानमन्त्रीको कार्यालयमा बसेको उच्चस्तरीय समन्वय समितिको २१ औं बैठक उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा कोरोना रोकथाममा सकृय रहेका मन्त्रालयका मन्त्रीहरुको उपस्थिति सहभागिता रहेको थियो ।
आजको मन्त्री परिषद्को बैठकमा लकडाउन थप गराउने वा नगराउने बिषयमा छलफल हुने ।




