advertisement

यसैबीच बेल्जियममा पनि ज्यान गुमाउनेको ६ हजार २ सय ६२ पुगेको छ, भने संक्रमितको संख्या ४४ हजार २९३ पुगेको छ, भने १० हजार १२२ जना निको भइसकेका छन् ।

त्यस्तै, जर्मनीमा पनि ज्यान गुमाउनेका संख्या ५ हजार ७६० पुगेको छ । १ लाख ५४ हजार ९ सय ९९ संक्रमितको संख्या पुगेको छ, यसैबीच १ लाख ६ हजार ८०० निको भइसकेका छन् ।

त्यस्तै चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । हालसम्म १० जना निको भइसकेका छन्, भने बाँकी ३९ जना उपचाररत छन् ।

" /> विश्वभर कोरोनाबाट १ लाख ९७ हजार २ सय ४५ मृतु , संक्रमित २८ लाख ३० हजार ५१ - Sarbocha Media

विश्वभर कोरोनाबाट १ लाख ९७ हजार २ सय ४५ मृतु , संक्रमित २८ लाख ३० हजार ५१

`

     २०७७ वैशाख १३ गते २:५४

काठमाडौं, १३ बैशाख । विश्वभर महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार २ सय ४५ पुगेको छ ।

वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २८ लाख ३० हजार ५१ पुगिसकेको छ, भने ७ लाख ९८ हजार ७ सय ७२ निको भइसकेका छन् ।

यसैबीच, ९ लाख ९६ हजार १७ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन्, भने १८ लाख ३४ हजार ३४ वटा केसहरु एक्टिभ छन् ।

यो समाचार तयार गर्दासम्म संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ५२ हजार १ सय ८५ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ९ लाख २५ हजार ३८ पुगेको छ । जसमध्ये १ लाख १० हजार ४ सय ३२ जना निको भइसकेका छन् ।

यसैबीच, इटालीमा ज्यान गुमाउनेको संख्या २५ हजार ९६९ पुगिसकेको छ, भने संक्रमितको संख्या १ लाख ९२ हजार ९ सय ९४ पुगेको छ । यसैबीच निको हुनेको संख्या ६० हजार ४९८ पुगेको छ ।

कोरोना संक्रमणका कारण स्पेनमा २ लाख १९ हजार ७६४ जना कुल सङ्क्रमित भएका छन् भने, २२ हजार ५ सय २४ को ज्यान गएको छ । निको भएर फर्कनेहरुको संख्या ९२ हजार ३ सय ५५ पुगेको छ ।

फ्रान्समा १ लाख ५९ हजार ८२८ जना कुल सङ्क्रमित भएका छन् भने, २२ हजार २ सय ४५ को ज्यान गएको छ । यसैबीच ४३ हजार ४९३ निको भएर फर्किइएका छन् ।

यूकेमा पनि ज्यान गुमाउनेको संख्या १९ हजार ५ सय ६ पुगेको छ, भने १ लाख ४३ हजार ४६४जना संक्रमित छन् । इरानमा पनि ज्यान गुमाउनेको संख्या ५ हजार ५ सय ७४ पुगेको छ । ८८ हजार १९४ जना संक्रमितको संख्या पुगेको छ, जसमध्ये पनि ६६ हजार ५ सय ९९ जना निको भइसकेका छन् ।

advertisement

यसैबीच बेल्जियममा पनि ज्यान गुमाउनेको ६ हजार २ सय ६२ पुगेको छ, भने संक्रमितको संख्या ४४ हजार २९३ पुगेको छ, भने १० हजार १२२ जना निको भइसकेका छन् ।

त्यस्तै, जर्मनीमा पनि ज्यान गुमाउनेका संख्या ५ हजार ७६० पुगेको छ । १ लाख ५४ हजार ९ सय ९९ संक्रमितको संख्या पुगेको छ, यसैबीच १ लाख ६ हजार ८०० निको भइसकेका छन् ।

त्यस्तै चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । हालसम्म १० जना निको भइसकेका छन्, भने बाँकी ३९ जना उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?