advertisement

बुधबार राति भएको सहमति पत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट डा बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।

" /> समाजवादी र राष्ट्रिय जनता पार्टी नयाँ दल दार्ता गर्न निर्वाचन आयोगमा पुगे - Sarbocha Media

समाजवादी र राष्ट्रिय जनता पार्टी नयाँ दल दार्ता गर्न निर्वाचन आयोगमा पुगे

`

     २०७७ वैशाख ११ गते ५:३५

काठमाडौं, ११ वैशाख । हिजो बुधबार पार्टी एकता गर्ने निर्णय गरेका समाजवादी र राष्ट्रिय जनता पार्टी आज निर्वाचन आयोगमा नयाँ दल दार्ता गर्न पुगेका छन् ।

नवगठित पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि राजेन्द्र श्रेष्ठ, कृष्ण शर्मा, मिथिलेस कुमार, फणिन्द्र देवकोटालगायत निर्वाचन आयोग पुगिसकेको बताइएको छ । उपेन्द्र यादव, महन्त ठाकुर पनि निर्वाचन आयोग पुगिसकेका छन् ।

advertisement

बुधबार राति भएको सहमति पत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट डा बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?