advertisement

उनले लेखेका छन्, ‘आज वैशाख १० गते साँझ ५ बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाडौंतिर लगेको छ!’

" /> प्रधानमन्त्रीको ठाडाे आदेशमा पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव अपहरण भएको दाबी - Sarbocha Media

प्रधानमन्त्रीको ठाडाे आदेशमा पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव अपहरण भएको दाबी

`

     २०७७ वैशाख १० गते २:४३

काठमाडौं, १० वैशाख । समाजवादी पार्टीका सूचना तथा प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले पूर्व स्वास्थ्य राज्यमन्त्री एवम् पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई अपहरण गरिएको दाबी गरेको छन् ।

बुधबार साझ आफ्नो फेसबुकमार्फत पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले डा. यादवलाई जनकपुरबाट अपहरण गरेको दाबी गरेका हुन् ।

advertisement

उनले लेखेका छन्, ‘आज वैशाख १० गते साँझ ५ बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाडौंतिर लगेको छ!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?