advertisement

घाइते १५ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेमध्ये एकजनालाई काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको छ भने बाँकी घाइतेको तामाकोसी सहकारी अस्पताल मन्थलीमा उपचार भइरहेको जनाइएको छ ।

" /> दोलखा जाँदै गरेको मिनीबस रामेछापको मन्थलीमा दुर्घटना हुँदा करिब १५ जना घाइते - Sarbocha Media

दोलखा जाँदै गरेको मिनीबस रामेछापको मन्थलीमा दुर्घटना हुँदा करिब १५ जना घाइते

`

     २०७७ वैशाख १० गते १:५७

काठमाडौं, १० बैशाख । काठमाडौंबाट दोलखा जाँदै गरेको मिनीबस रामेछापको मन्थलीमा दुर्घटना भएको छ । उक्त बस दुर्घटनामा करिब १५ जना घाइते भएको जनाइएको छ।

दुर्घटना भएको बसमा बच्चासहित ३९ जना सवार रहेको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसारदोलखाको जफेतर्फ जाँदै गरेको बा २ ख ६८१८ नम्बर मिनिबस मन्थली नगरपालिका–६ कुनौरी मोडमा बुधबार बिहान ४ बजे दुर्घटना भएको हो ।

advertisement

घाइते १५ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेमध्ये एकजनालाई काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको छ भने बाँकी घाइतेको तामाकोसी सहकारी अस्पताल मन्थलीमा उपचार भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?