advertisement

अमेरिकी तेलको मानक वेस्ट टेक्सस इन्टरमीडिएटको प्रतिब्यारेल मूल्य माइनस ३७.६३ अमेरिकी डलरमा झरेको छ।

" /> विश्वभरको लकडाउनका कारण पहिलो पटक अमेरिकामा तेलको मूल्य घट्यो - Sarbocha Media

विश्वभरको लकडाउनका कारण पहिलो पटक अमेरिकामा तेलको मूल्य घट्यो

`

     २०७७ वैशाख ०९ गते २:५७

काठमाडौं, ९ बैशाख । अमेरिकी तेलको मूल्य घटेको छ। अमेरिकामा तेलको मूल्य घटेको भने यो पहिलो पटक रहेको जनाइएको छ ।

कोरोना भाइरस रोकथामका लागि लगाएको लकडाउनको मानिसहरु घरभित्रै बस्न बाध्य भएसँगै तेलको माग निकै कम भएपछि तेलको मूल्य कम भएको बताइएको छ।

तेल कम्पनीहरूले बढी भएको तेल भण्डारण गर्नका लागि ट्याङ्कर भाडामा लिन थालेका छन् र यसले अमेरिकी तेलको मूल्यमा नकारात्मक प्रभाव पारेको छ।

advertisement

अमेरिकी तेलको मानक वेस्ट टेक्सस इन्टरमीडिएटको प्रतिब्यारेल मूल्य माइनस ३७.६३ अमेरिकी डलरमा झरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?