advertisement

उनीहरु कोठाको बाहिर निस्केर एक आपसमा गफ गरेको सुनाउँदै एक अर्काका समस्याबारे जानकारी लिएको उनी बतउँछन् । उनीहरु सबैलाई खासै समस्या नभएको जनाइएको छ ।

" /> कोरोनाबाट मुक्त भएर १६ दिनपछि घर फर्किएका २१ वर्षीय युवाले यसरी पाए नयांँ जीवन - Sarbocha Media

कोरोनाबाट मुक्त भएर १६ दिनपछि घर फर्किएका २१ वर्षीय युवाले यसरी पाए नयांँ जीवन

`

     २०७७ वैशाख ०८ गते २:३४

लम्की, ८ बैशाख । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका कोरोना संक्रमित २१ वर्षीय युवक राज विकको नतिजा नेगेटिभ आएपछि घर फर्र्किएका छन् ।

सेती अस्पतालमा उपचाररत पांँचमध्ये विक भारतको मुम्बईबाट गत चैत ८ गते घर फर्कका हुन्। चैत १० गते धनगढीको गौरीफन्टा पुगेका उनी लकडाउनका कारण सीमामा रोकिएपछि प्रदेश सरकारले चैत ११ गते राति उद्धार गरी चैत १२ गते बिहान घर पुगेका थिए ।

घर पुगेलगत्तै लम्कीचुहा नगरपालिकाको क्वारेन्टाइनमा बसेका विकको कोभिड–१९ संक्रमणको नतिजा पोजेटिभ आएपछि चैत २२ गते सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेशनमा राखी उपचार शुरु गरिएको हो ।

स्वाब परीक्षण नतिजा दुई पटकसम्म नेगेटिभ आएपछि विकलाई अस्पतालले आइतबार घर पठाएको छ । उनी १६ दिन आइसोलेशनमा बसेर फर्किएका हुन् । उनले नयांँ जीवन पाएजस्तै लागेको बताए । उनले भने, अस्पतालमा बस्दा फेसबुक चलाए, युट्युबमा विभिन्न भिडियो, चलचित्र हेरेर बस्थेँ, फोनमा धेरै साथीहरुसंँग कुराकानी गर्थेँ

अस्पतालले भागवत गीता’ दिएको बताउदै त्यो पनि पढेको बताए । अस्पतालमा उनीसंगै पांँच जना संक्रमित थिए । उनीहरुलाई अलगअलग कोठामा राखिएको थियो ।

advertisement

उनीहरु कोठाको बाहिर निस्केर एक आपसमा गफ गरेको सुनाउँदै एक अर्काका समस्याबारे जानकारी लिएको उनी बतउँछन् । उनीहरु सबैलाई खासै समस्या नभएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?