advertisement

नयाँ पुष्टि भएका व्यक्ति ६५ बर्षीय पुरुष रहेको जनाइएको छ । ३१ संक्रमितमध्य दुई जना निको भइसकेका छन् । एक जना पहिलेनै निको भएको थियो भने एक जना आज निको भएर घर फर्केकि छन् ।

" /> नेपालमा फेरि आज एक जनामा कोरोना भेटियो, संक्रमितको संख्या ३१ पुग्यो - Sarbocha Media

नेपालमा फेरि आज एक जनामा कोरोना भेटियो, संक्रमितको संख्या ३१ पुग्यो

`

     २०७७ वैशाख ०६ गते ३:२६

काठमाडौं, ६ बैशाख । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ३१ पुगेको छ ।

आज शनिबार पनि थप एक जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ३१ पुगेको हो । हिजो एकै दिनमा १६ जना संक्रमित फेला परेको थियो ।

शनिबार साँझ ८ बजे अर्को एक जना संक्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ पेजमा सूचना जारी भएको हो।

advertisement

नयाँ पुष्टि भएका व्यक्ति ६५ बर्षीय पुरुष रहेको जनाइएको छ । ३१ संक्रमितमध्य दुई जना निको भइसकेका छन् । एक जना पहिलेनै निको भएको थियो भने एक जना आज निको भएर घर फर्केकि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?