काठमाडौं, ६ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नयाँ भाइरस जनावरबाटै आएको भन्दै वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउन सबै देशहरुलाई अपील गरेको छ ।
७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडहनामले बताएका छन् । त्यसै कारण वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउनुपर्ने उनको भनाइ रहेको छ ।

डब्लुएचओले जनावरबाट मानिसमा सर्ने भाइरस रोकथामका लागि एक उपयुक्त उपायको खोजी गरिरहेको पनि जनाइएको छ ।




