advertisement

अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा ६ लाख १३ हजार ८ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ भने २६ हजार ४७ जनाको मृत्यु भइसकेको छ ।

" /> डब्लुएचओलाई अमेरिकाले अब आर्थिक सहयोग नगर्ने - Sarbocha Media

डब्लुएचओलाई अमेरिकाले अब आर्थिक सहयोग नगर्ने

`

     २०७७ वैशाख ०३ गते १:५३

एजेन्सी, ०३ बैशाख । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको सहयोग रोक्ने भएको छ ।

महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको जनाइएको छ।

डब्लुएचओको भूमिकाको समीक्षा गरियो, तर प्रभावकारी काम गर्न असफल रह्यो भन्दै प्रशासनलाई डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको नियमित प्रेस बिफ्रिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए ।

ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको र कोरोना भाइरसबारे गलत सूचना दिएको आरोप लगाएको छ । डब्लुएचओको गल्तीकै कारण विश्वभर कोरोना भाइरसका कारण धेरैले ज्यान गुमाइरहेको ट्रम्पको ठहर छ । उनले यसको जिम्मेवारी डब्लुएचओले लिनुपर्ने बताए ।

advertisement

अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा ६ लाख १३ हजार ८ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ भने २६ हजार ४७ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?