काभ्रे ३ बैशाख । जिल्लाको बेथानचोक गाउँपालिकामा आवत -जावतमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।
हिजो वडा न ५ का २२ बर्षीय युवामा कोरोनाको लक्षण देखिएपछि पालिकाले गाउँ प्रवेशमा रोक लगाएको हो ।
अनावश्यक आवात–जावत बन्द गर्न, पाहुना बस्न र पाहुना हुन आउन पूर्ण रुपमा बन्द गर्ने जनाइएको छ ।

गाउँपालिकाले बाहिरबाट आउने माछामासु, फलफूल एवम् तरकारीजन्य बस्तुहरु आयात गरी ल्याउन पनि बन्द गरेको छ ।
कोभिड १९ पूर्णरुपमा नियन्त्रणमा नआउँदासम्म यस गाउँपालिकाभित्र रहेका स्थानीय मठमन्दिर, धार्मिक स्थल, एवम् पर्यटकीय स्थल तर्फ जाने आउने बाटो पूर्णरुपमा बन्द गर्ने बताइएको छ।




