advertisement

गाउँपालिकाले बाहिरबाट आउने माछामासु, फलफूल एवम् तरकारीजन्य बस्तुहरु आयात गरी ल्याउन पनि बन्द गरेको छ ।

कोभिड १९ पूर्णरुपमा नियन्त्रणमा नआउँदासम्म यस गाउँपालिकाभित्र रहेका स्थानीय मठमन्दिर, धार्मिक स्थल, एवम् पर्यटकीय स्थल तर्फ जाने आउने बाटो पूर्णरुपमा बन्द गर्ने बताइएको छ।

" /> काभ्रेको बेथानचोक गाउँपालिकामा आवत -जावतमा प्रतिबन्ध - Sarbocha Media

काभ्रेको बेथानचोक गाउँपालिकामा आवत -जावतमा प्रतिबन्ध

`

     २०७७ वैशाख ०३ गते १:२३

काभ्रे ३ बैशाख । जिल्लाको बेथानचोक गाउँपालिकामा आवत -जावतमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।

हिजो वडा न ५ का २२ बर्षीय युवामा कोरोनाको लक्षण देखिएपछि पालिकाले गाउँ प्रवेशमा रोक लगाएको हो ।

अनावश्यक आवात–जावत बन्द गर्न, पाहुना बस्न र पाहुना हुन आउन पूर्ण रुपमा बन्द गर्ने जनाइएको छ ।

advertisement

गाउँपालिकाले बाहिरबाट आउने माछामासु, फलफूल एवम् तरकारीजन्य बस्तुहरु आयात गरी ल्याउन पनि बन्द गरेको छ ।

कोभिड १९ पूर्णरुपमा नियन्त्रणमा नआउँदासम्म यस गाउँपालिकाभित्र रहेका स्थानीय मठमन्दिर, धार्मिक स्थल, एवम् पर्यटकीय स्थल तर्फ जाने आउने बाटो पूर्णरुपमा बन्द गर्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?