कैलालीको चिया पसल गर्ने एक जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १३ पुग्यो

`

     २०७७ वैशाख ०१ गते ६:३४

धनगढी, ०१ बैशाख। कैलालीको एक जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । वीरगञ्ज सीमानामा चिया पसल गर्ने ६५ वर्षीया बृद्धामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

उनी भुरुवामा आफन्त कहाँ बस्न आएकी थिइन् । स्थानीय जनप्रतिनिधिले उनीसहित १७ जनालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो ।

क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षण गर्दा नेगेटिभ आएको तर पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि जनाइएको छ ।

अहिले उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा लगेर भर्ना गरिएको बताइएको छ । उनीसंगै नेपालमा कोरोनाको संक्रमित १३ जना पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?