advertisement

प्रधानमन्त्रीले संकटको यो घडिमा सबै राजनीतिक दलले सहयोग गरेकोमा सबैलाई धन्यबाद दिएका छन् । उनले बैशाख तीन गते दोस्रो लकडाउनको समयअवधि सकिनेबारेमा पनि जानकारी दिएका छन् ।

" /> कोरोना महामारी समाप्त नभएसम्म प्रधानमन्त्री ओलीले पारिश्रमिक नलिने - Sarbocha Media

कोरोना महामारी समाप्त नभएसम्म प्रधानमन्त्री ओलीले पारिश्रमिक नलिने

`

     २०७७ वैशाख ०१ गते ३:५७

काठमाडौं, ०१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ साल बैशाखको शुभकामाना दिँदै कोभिड–१९ को महामारी समाप्त नभएसम्म् आफूले पारिश्रमिक नलिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीले भिडियोमार्फत भनेका छन् , ”मैले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने र मेरो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।”

advertisement

प्रधानमन्त्रीले संकटको यो घडिमा सबै राजनीतिक दलले सहयोग गरेकोमा सबैलाई धन्यबाद दिएका छन् । उनले बैशाख तीन गते दोस्रो लकडाउनको समयअवधि सकिनेबारेमा पनि जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?