काठमाडौं, २४ चैत । कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान जानेको संख्या ११७ पुगगेको छ ।
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा पछिल्लो २४ घण्टामा मात्रै १८ जनाको ज्यान गएको छ ।
हालसम्म भारत कुल संक्रमित ४ हजार २८८ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा ७ सय जना नयाँ संक्रमित भेटिएका छन् । आइतबार बिहानसम्म भारतमा संक्रमितको कुल ३ हजार ५८८ थियो भने मृत्यु हुनेको संख्या ९९ थियो ।

भारतमा कुल संक्रमितमध्ये २२८ जना उपचारपछि निको भएका छन् ।




