advertisement

केसीले गण्डकी प्रदेशमा दिनप्रतिदिन कोरोना सङ्क्रमणको जोखिम बढिरहेकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सेवामा खटिने सबैको सुरक्षाका लागि बैंकको प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएको बताउनुभयो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सनराइज बैंकबाट प्राप्त भएको यी सामग्री नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई पाँच÷पाँच थान र सामाजिक विकास मन्त्रालयलाई ३० थान हस्तान्तरण गरिने बताउनुभयो ।

" /> सनराइज बैंकद्वारा ५० थान पिपीइ हस्तान्तरण - Sarbocha Media

सनराइज बैंकद्वारा ५० थान पिपीइ हस्तान्तरण

`

     २०७६ चैत्र २२ गते ५:५६

कास्की, २२ चैत । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि सनराइज बैंक लिमिटेड प्रादेशिक कार्यालयले ५० थान व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) सहयोग गरेको छ ।

सनराइज बैंक गण्डकी प्रादेशिक कार्यालयका प्रमुख रवीन्द्र केसीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

advertisement

केसीले गण्डकी प्रदेशमा दिनप्रतिदिन कोरोना सङ्क्रमणको जोखिम बढिरहेकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सेवामा खटिने सबैको सुरक्षाका लागि बैंकको प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएको बताउनुभयो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सनराइज बैंकबाट प्राप्त भएको यी सामग्री नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई पाँच÷पाँच थान र सामाजिक विकास मन्त्रालयलाई ३० थान हस्तान्तरण गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?