advertisement

‘काठमाण्डू प्रेस’ मा प्रकाशित उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र उनका छोराहरूसँग सम्बन्धित समाचार डिलिट गरिएको थियो । समाचारमा प्रधानमन्त्रीका आइटी सल्लाहकार तथा ई–सेवाका सिइओ अलीको नाम पनि जोडिएको थियो । चौतर्फी दबाब भएपछि सिरान टेक्नोलोजिजले सार्वजनिक रूपमा गल्ती स्वीकारेको छ ।

गलत सूचनाका कारण सिरान टेक्नोलोजिजको प्राविधिक टिमले न्युज पोर्टलबाट सो समाचार हटाइएकाे भनेर जारी विज्ञप्तिमा उल्लेख छ । ‘काठमाण्डूप्रेसका सम्पादक र सिरान टेक्नोलोजिजको व्यवस्थापनबीच संवाद चलिरहेको वेला गलत सूचनाका कारण सिरान टेक्नोलोजिजको प्राविधिक टिमले न्युज पोर्टलबाट सो समाचार हटाएको छानबिनको क्रममा पाइयो,’ जारी विज्ञप्तिमा भनिएकाे छ ।

गल्ती भएकाे स्वीकार गर्दै अब यस्ताे गल्ती नदाेहाेरिन नियन्त्रणका उपायलाई बलियो बनाउने प्रतिबद्धता पनि सिरान टेक्नोलोजिजले गरेकाे छ । ‘एउटा जिम्मेवार कम्पनीका रूपमा हामी हाम्रो त्रुटिलाई स्वीकार गर्दै हामी काठमाण्डू प्रेस, सम्पूर्ण प्रेस जगत् र हाम्रो शुभचिन्तकसँग क्षमायाचना गर्दछौँ । साथै, यस्ता किसिमका त्रुटि दोहोरिन नदिन हामी नियन्त्रणका उपायलाई बलियो बनाउँदै पूर्वाधारलगायतका संयन्त्र निर्माण गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

अस्गर अली

काठमान्डू प्रेसले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा बुधबार बिहान आफ्नो समाचारको लिंक अनधिकृत ढंगले ‘डिलिट’ भएको जानकारी गराएको थियो । अनलाइनले उक्त समाचार बुधबार साँझबाट पुनः प्रकाशित गरेको थियो ।

अस्गर अली सूचना–प्रविधिसम्बन्धी सेवा दिने कम्पनी एफवानसफ्टका संस्थापकमध्येका एक हुन् । प्रधानमन्त्रीको आइटी सल्लाहकारमा नियुक्त भएपछि उनले आफ्नो कम्पनीको सक्रिय भूमिकाबाट राजीनामा दिएको बताए पनि उनको स्वामित्व कम्पनीमा कायमै छ ।

एफवानसफ्टको सहायक कम्पनी सिरान टेक्नोलोजिज प्रालि हाे । काठमान्डू प्रेस अनलाइनको वेबसाइट निर्माण सिरान टेक्नोलोजिज प्रालिले गरेको हो । तर, अलीले भने आफूलाई समाचारको विषयमा थाहा नभएको र समाचारको लिंक कसरी डिलिट भयो भन्ने कुरामा आफू अनविज्ञ रहेको दाबी गर्दै आएका छन् ।

" /> न्युज पोर्टल ह्याक गरेको प्रधानमन्त्रीका सल्लाहकार अस्गर अलीको कम्पनीद्वारा स्वीकार - Sarbocha Media

न्युज पोर्टल ह्याक गरेको प्रधानमन्त्रीका सल्लाहकार अस्गर अलीको कम्पनीद्वारा स्वीकार

`

     २०७६ चैत्र २१ गते ८:२९

काठमाडाैं, २१ चैत । ‘काठमाण्डू प्रेस’ न्युज पोर्टलको सिस्टमभित्र अनधिकृत रूपमा प्रवेश गरेर कन्टेन्ट ह्याक गरेको सिरान टेक्नोलोजिज प्रालिले आफूबाट गल्ती भएको स्वीकार गरेको छ । बिहीबार राति सिरानटेकले प्रेस विज्ञप्ति जारी गर्दै गल्ती स्वीकार गरेको हो । उसले आफ्नो गल्तीप्रति माफी पनि मागेको छ ।

जरी विज्ञप्तिमा भनिएकाे छ- ‘काठमाण्डू प्रेस डटकम न्युज पेर्टलमा चैत १८ गते प्रकाशित महँगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता! समाचार चैत १९ गते केही समयकाे लागि याे वेबसाइडबाट हटेकाे अनपेक्षित घटनाप्रति हामी सिरान टेक्नोलोजिज माफी माग्न चाहन्छाैँ ।’

advertisement

‘काठमाण्डू प्रेस’ मा प्रकाशित उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र उनका छोराहरूसँग सम्बन्धित समाचार डिलिट गरिएको थियो । समाचारमा प्रधानमन्त्रीका आइटी सल्लाहकार तथा ई–सेवाका सिइओ अलीको नाम पनि जोडिएको थियो । चौतर्फी दबाब भएपछि सिरान टेक्नोलोजिजले सार्वजनिक रूपमा गल्ती स्वीकारेको छ ।

गलत सूचनाका कारण सिरान टेक्नोलोजिजको प्राविधिक टिमले न्युज पोर्टलबाट सो समाचार हटाइएकाे भनेर जारी विज्ञप्तिमा उल्लेख छ । ‘काठमाण्डूप्रेसका सम्पादक र सिरान टेक्नोलोजिजको व्यवस्थापनबीच संवाद चलिरहेको वेला गलत सूचनाका कारण सिरान टेक्नोलोजिजको प्राविधिक टिमले न्युज पोर्टलबाट सो समाचार हटाएको छानबिनको क्रममा पाइयो,’ जारी विज्ञप्तिमा भनिएकाे छ ।

गल्ती भएकाे स्वीकार गर्दै अब यस्ताे गल्ती नदाेहाेरिन नियन्त्रणका उपायलाई बलियो बनाउने प्रतिबद्धता पनि सिरान टेक्नोलोजिजले गरेकाे छ । ‘एउटा जिम्मेवार कम्पनीका रूपमा हामी हाम्रो त्रुटिलाई स्वीकार गर्दै हामी काठमाण्डू प्रेस, सम्पूर्ण प्रेस जगत् र हाम्रो शुभचिन्तकसँग क्षमायाचना गर्दछौँ । साथै, यस्ता किसिमका त्रुटि दोहोरिन नदिन हामी नियन्त्रणका उपायलाई बलियो बनाउँदै पूर्वाधारलगायतका संयन्त्र निर्माण गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

अस्गर अली

काठमान्डू प्रेसले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा बुधबार बिहान आफ्नो समाचारको लिंक अनधिकृत ढंगले ‘डिलिट’ भएको जानकारी गराएको थियो । अनलाइनले उक्त समाचार बुधबार साँझबाट पुनः प्रकाशित गरेको थियो ।

अस्गर अली सूचना–प्रविधिसम्बन्धी सेवा दिने कम्पनी एफवानसफ्टका संस्थापकमध्येका एक हुन् । प्रधानमन्त्रीको आइटी सल्लाहकारमा नियुक्त भएपछि उनले आफ्नो कम्पनीको सक्रिय भूमिकाबाट राजीनामा दिएको बताए पनि उनको स्वामित्व कम्पनीमा कायमै छ ।

एफवानसफ्टको सहायक कम्पनी सिरान टेक्नोलोजिज प्रालि हाे । काठमान्डू प्रेस अनलाइनको वेबसाइट निर्माण सिरान टेक्नोलोजिज प्रालिले गरेको हो । तर, अलीले भने आफूलाई समाचारको विषयमा थाहा नभएको र समाचारको लिंक कसरी डिलिट भयो भन्ने कुरामा आफू अनविज्ञ रहेको दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?