रामेछाप, १८ चैत । रामेछापमा बोलेरो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना बिहानको ५ बजे दुर्घटना भएको भएको हो ।
बा १४ च ९४९८ पिकअप बोलेरो खाँडादेवी गाउँपालिका–१ राकाथुममा मंगलबार दुर्घटना भएको जनाइएको छ । बोलेरो भक्तपुरको सूर्यविनायकबाट दोरम्बा जाँदै गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दोरम्बा गाउँपालिका–२ कि २५ वर्षीया संगीता पहरीको मृत्यु भएको छ भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ।

‘घाइते भएकामध्ये २५ जनाको धुलिखेल अस्पताल र ५ जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको छ। चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।




