पोखरा १७ फागुन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलले कोरोना उपचार कोषमा रु १४ लाख ८० हजार १३० उपलब्ध गराउने भएको छ ।
प्रदेश सरकारले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको सो कोषमा मुख्यमन्त्री तथा मन्त्रीहरुले एक महिनाको पारिश्रमिक उपलब्ध गराउनुहुने बताइएको छ ।
त्यसैगरी प्रदेशसभा सदस्यहरुले न्यूनतम १५ दिन तथा अधिकतम इच्छाअनुसार पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको भएको बताइएको छ । मुख्यमन्त्री तथा मन्त्रीहरुले एक महिना, प्रदेशसभा सदस्यहरुले न्यूनतम १५ दिन र अधिकतम इच्छानुसार कोरोना रोकथामका लागि प्रदेश सरकारले स्थापना गरेको कोषमा सहयोग रकम जम्मा गर्ने निर्णय भएको जनाइएको छ ।

नेकपाको तर्फबाट गण्डकी प्रदेशसभामा ४० सदस्य छन् । त्यसैगरी प्रदेश सरकारले नियुक्त गरेका पदाधिकारीहरुले समेत उक्त कोषमा एक महिनाको पारिश्रमिक जम्मा गर्ने भएका छन् ।




