advertisement

कतार एयरवेजको उक्त विमानमा सवार १५८ यात्रुको खोजी थालिएपछि बागलुङकी किशोरीमा भाइरस संक्रमित भएको फेला परेको हो ।

" /> नेपालमा आज फेरि एक जना कोरोना संक्रमितको पुष्टि, संक्रमितको संख्यामा वृद्धि हुँदै - Sarbocha Media

नेपालमा आज फेरि एक जना कोरोना संक्रमितको पुष्टि, संक्रमितको संख्यामा वृद्धि हुँदै

`

     २०७६ चैत्र १५ गते १:२९

काठमाडौं, १५ चैत । बागलुङकी एक युवती पनि कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको छ । बागलुङकी एक युवतीमा पनि कोरोनाको संक्रमण देखिएपछि नेपालमा कारोना भाइरस संक्रमितको संख्या पाँच पुगेको छ ।

बागलुङकी एक २२ वर्षीया युवतीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । कोरोना भाइरस संक्रमित उनी युरोपेली मुलुक बेल्जियमबाट नेपाल फर्किएकी हुन् । संक्रमित युवती चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी जनाइएको छ। उक्त विमानबाट कोरोना भाइरस संक्रमित १९ बर्षीया युवती पनि फ्रान्सबाट नेपाल फर्किएकी थिइन ।

advertisement

कतार एयरवेजको उक्त विमानमा सवार १५८ यात्रुको खोजी थालिएपछि बागलुङकी किशोरीमा भाइरस संक्रमित भएको फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?