काठमाडौं, १५ चैत । नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या बढेपछि लकडाउनमा कडाइ गरिएको छ ।
आज (शनिबार) काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने २०७ जनालाइै नियन्त्रण लिएको छ । १९७ जना पुरुष र १० जना महिलालाई नियन्त्रणमा लिएको महानगरी प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन पनि सर्वसाधारणलाई आह्वान गरेको छ । हानगरी प्रहरी परिसर काठमाडौंका अनुसार हिजो शुक्रबार काठमाडौंबाट ७६ जना पक्राउ गरेको थियो ।




