नेपाल-अमेरिका सम्बन्धलाई अब आर्थिक आधारमा अघि बढाउनुपर्छः परराष्ट्रमन्त्री खनाल

`

     २०८३ भाद्र ०९ गते ६:१३

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-अमेरिका सम्बन्धलाई परम्परागत विकास सहायताको दायराबाट अघि बढाउँदै लगानी, व्यापार, प्रविधि र उद्यमशीलतामा केन्द्रित गर्नुपर्ने बताएका छन्।

अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौँमा सेन्टर फर साउथ एसियन स्टडिज-नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले द्विपक्षीय सम्बन्धलाई नयाँ आर्थिक आधारमा अघि बढाउनुपर्ने बताएका हुन्।

‘हामी नेपालको प्रतिभाशाली युवा तथा आईटी जनशक्तिलाई अमेरिकी नवप्रवर्तन र पुँजीको पारिस्थितिक प्रणालीसँग जोड्न चाहन्छौँ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?