मुख्यमन्त्री बानियाँले भदौ ३ गते विश्वास मत लिने

`

     २०८३ श्रावण २९ गते १२:२३

काठमाडौँ, साउन २९ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ मा प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।

कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनले मुख्यमन्त्री बानियाँले आगामी ३ भदौमा विश्वासको मत लिने तयारी गरेको जानकारी दिए। विश्वासको मत लिनुअघि भदौ २ गतेसम्ममा कांग्रेसका प्रदेश सभा सदस्यलाई हेटौँडामा अनिवार्य उपस्थित हुन निर्देशन दिइ सकिएको सचिव महर्जनले बताए।

मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी पूरा गरिसकेको र प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलसँग पनि समर्थनका लागि छलफल भइरहेको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?