धनगढी, १२ चैत । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि ११ करोड बढी छुट्याएको छ । मंगलबार बसेको बैठकले ११ करोड ५० लाख रुपैयाँ छुट्याएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको आकस्मिक बैठकले कोरोना रोगको रोकथामका लागि बजेट बिनियोजन गर्ने निर्णय गरेको जनाएको छ । कोरोना भाइरसको रोकथामका लागि उपमहानगरपालिकालाई ५ लाख नगरपालिकालाई ४ लाख र गाउँपालिकालाई ३ लाख रुपैयाँ दिइने भएको छ ।

मन्त्रिपरिषदका सदस्यहरूको एक महिनाको पारिश्रमिक पनि प्रदेश राहत कोषमा राख्ने निर्णय बैठकमा भएको बताइएको छ ।




