जेनजी अभियानीले १ लाख धरौटी तिर्न नसकेपछि थुनामा

`

     २०८३ श्रावण २० गते ९:४२

काठमाडौं, साउन २० । माइतीघरमा भएको लघुवित्त ऋणीहरूको आन्दोलन क्रममा पक्राउ परेका तीन जना जेनजी अभियानीसँग जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिव्यक्ति एक लाख रूपैयाँ धरौटी माग गरेको छ।

उनीहरूले धरौटी तिर्न नसक्ने बताएपछि प्रशासन कार्यालयले बुधबार थुनामा पठाउन आदेश दिएको छ। उनीहरू साउन १३ गतेदेखि थुनामै थिए।

एक लाख धरौटी तिर्न नसकेर पुर्पक्षका लागि थुनामा पठाइएका जेनजी अभियानी अजय सोडारी, प्रकाश बम र सुनिल बिक हुन्।

उनीहरूलाई सार्वजनिक शान्तिविरूद्धको कसुरमा साउन १३ गते साँझ माइतीघर मण्डलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?