आयल निगमले भन्यो– ग्यास अभाव छैन, आपूर्ति नियमित छ

`

     २०८३ श्रावण १६ गते २:२०

काठमाडौं, साउन १६ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट विभिन्न पाँच कम्पनीको ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ।

निगमले आजदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योगमार्फत बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको हो।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ती उद्योगले बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म १४।२ किलो ग्यास सिलिण्डरको बिक्री वितरण गर्नेछन्।

गत जुलाईमा मात्रै करिब ४९ हजार मेट्रिकटन ग्यास आयात भएको निगमले जनाएको छ।

उद्योगीले यही साउन १ गतेदेखि १५ गतेसम्म २६ दशमलव पाँच मेट्रिकटन ग्यास आयात गरेका छन् ।

‘ग्यासको अभाव होइन, मागअनुसारको ग्यास आपूर्ति भइरहेको छ, सात दशमलव एक किलो ग्यास भएको सिलिण्डरबाट १४ दशमलव दुई किलोमा ‘स्वीच’ हुँदा तत्काल समस्या देखिएको हो,’ प्रवक्ता ठाकुरले भने, ‘बढीमा एक सातामा ग्यासको बिक्रीवितरण सहज हुनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?