रास्वपाको सांसदले ट्राफिक नियम तोडेपछि परे जरिमानामा

`

     २०८३ श्रावण ०८ गते २:००

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वमन्त्री बब्लु गुप्तालाई ट्राफिक प्रहरीले जरिमाना तिराएको छ ।

गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई रु पाँच सय जरिमाना तिराइएको हो ।

सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने गुप्ताको उक्त स्टन्ट शैलीको भिडियो सार्वजनिक भएसँगै उनको चौतर्फी आलोचना भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?