रास्वपाका सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार

`

     २०८३ श्रावण ०८ गते १२:३२

काठमाडौँ। सत्तारुढ दल रास्वपाका सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार गरेका छन्। बिहिबार राति गढीमाई नगरपालिका( ७, पर्सामा आयोजना गरिएको स्थानीय कार्यक्रम सकेर फर्किने क्रममा उनीमाथि ‘मधेश मुक्ति अभियान’ का कार्यकर्ताहरूले कालो मसी दलेका हुन्। सांसद पौडेल गत फागुन २१ गते सम्पन्न भएको चुनावमा रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएूका थिए ।

स्थानीय नागरिकका समस्या तथा कृषि क्षेत्रमा देखिएको मलखादको अभाव जस्ता विषयमा छलफल गर्न आयोजना गरिएको ‘जनतासँग भेटघाट कार्यक्रम’ ढिला गरी सकिएपछि राति ८ देखि सवा ८ बजेको बीचमा यो घटना भएको बताइएको छ । कार्यक्रम समापन गरी फर्किने तयारीमा रहेका सांसद पौडेललाई पछाडिबाट आएका मास्कधारी व्यक्तिहरूले कालो मसी दलेर भागिसकेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?