बागमती प्रदेश सरकार : एमालेले लियो समर्थन फिर्ता

`

     २०८३ श्रावण ०६ गते १:३३

काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार एमालेले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई समर्थन फिर्ताको पत्र बुझाएको हो ।

प्रदेश सरकारमा नेकपा एमालेका ६ मन्त्री सहभागी छन् । उनीहरूमध्ये पाँच मन्त्री समर्थन फिर्ताको पत्र बुझाउने क्रममा प्रदेश प्रमुखको कार्यकक्षमा सहभागी थिए ।

मुख्यमन्त्री इन्द्र बानियाँ चितवनबाट फकिएपछि राजीनामा बुझाउने उनीहरूको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?