काठमाडौं, ९ असार । पूर्वमनन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिन हुनुपर्छ भन्ने आफ्नो अडानमा कुनै परिवर्तन नभएको बताएका छन्।
शर्माले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूले सम्पत्ति छानबिनको विषय विगतमा संसद् र पार्टी दुवै ठाउँमा उठाएको भन्दै अहिले पनि त्यसमा दृढ रहेको उल्लेख गरेका छन्।
साथै, उनले आफ्नो भनाइसँग असम्बन्धित विषय जोडेर भ्रम फैलाउने प्रयास भइरहेको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन्।




