काठमाडौँ । दुग्ध विकास संस्थान ९डीडीसी०ले किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ।
भुक्तानी नपाएका दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरिएको संस्थानले जनाएको छ।
पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये बक्यौता दायित्व रु १२ करोड भुक्तानी भएको हो।
दुग्ध विकास संस्थानको सुधारको कार्य योजना ल्याएपछि हाल किसानलाई दैनिक रु एक करोड भुक्तानी भइरहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।
निजी क्षेत्रका डेरी उद्योगले किसानलाई रु तीन अर्ब र सरकारी निकाय दुग्ध विकास संस्थाले रु ४६ करोड भुक्तानी गर्न बाँकी छ।




