काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको पार्टी सभापतिका रूपमा अहिले घर झगडाभन्दा बढी देशका मुद्दामा चिन्तन गर्ने बेला भएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसको आन्तरिक समस्या भन्दा ठूला अहिले देशका समस्या रहेको बताएका हुन् ।
‘मैले आज बीपी कोइरालाले लगाउनुभएको जुत्तामा खुट्टा हालेको छु । यो जुत्ता सबैभन्दा महँगो, बलियो, भरपर्दो हो,’ सभापति थापाले भने, ‘यो जुत्तामा खुट्टा हालेको कांग्रेसको सभापतिले देशको समस्याको चिन्तन गर्ने कि घर झगडाको रु’



