काठमाडौँ, बैशाख २८ । श्रम, संस्कृति पार्टीका सांसद हर्क साम्पाङले लिपुलेक विवादमा सरकारले छिमेकी मुलुकसँग कुटनीतिक सम्वाद गर्न नसकेको बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका उनले राष्ट्रियता र सीमा रक्षाका सवालमा सरकारले ‘चुप्पी’ साँधेको आरोप लगाएका हुन्।
‘किन कुटनीतिक वार्ता गर्न सकेनरु हस्ताक्षरबिनाको कुटनीतिक नोटका भरमा मात्र किन लुकेर बसेको छ यो सरकार?’
उनले नेपाली सेनाको परिचालन र सीमा सुरक्षाको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए। सेनालाई सीमा रक्षामा खटाउनुको साटो सुकुम्बासी हस्ती हटाउन प्रयोग गरेको भन्दै उनले आपत्ति जनाए।



