काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले आफ्नो गर्धन सर्वोच्च अदालतमै रहेको भन्दै हतियार चलाउनू भन्दै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल लक्षित टिप्पणी गरेका छन् ।
कानुन दिवसको कार्यक्रममा शनिबार कामु प्रधानन्यायाधीश मल्लले दिएको अभिव्यक्तिमा संकेत गर्दै सरकारको नेतृत्व गरिरहेको रास्वपाका सभापति लामिछानेले उक्त अभिव्यक्ति दिएका हुन् । ‘धेरै टसल गरेर र चुनौतीपूर्ण अभिव्यक्ति दिएर के लाभ हुन्छ र ? म यहीं छु । मेरो गर्दन त्यहीं छ । हतियार चलाइदिन आग्रह गर्दछु,’ लामिछानेले भने, ‘अन्यायमा हामी पनि पर्यौं होला ।



